PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

वैदेशिक रोजगारका लागि मलेसिया गएका वलीको मृत्यु



पहिलोपोस्ट

सल्यान : वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सल्यान घाँजरी पिपल–७ सङ्ग्रही घर भएका ज्ञानबहादुर वलीको मृत्यु भएको छ।
 
४३ वर्षीय वली एक वर्षअघि मलेसिया पुगेका थिए। उनी डब्लुएसएम कोसोन फाइभ कम्पनीमा ड्युटीमै रहेका बेला अचानक बिरामी भएका थिए। पेट दुखेको बताएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा नै उनको मृत्यु भएको हो।
 
वलीको शव मलेसियाकै अस्पतालमा छ। शव नेपाल ल्याइदिनका लागि उनको पत्नी सन्तुले आग्रह गरेकी छिन्। वलीका दुई छोरी र एक छोरा समेत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell