पाँचथर : पाँचथरको फिदिमस्थित मेची इङलिस स्कुलमा अध्ययनरत दुई विद्यार्थी चार दिनदेखि बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा च्याङथापु–३, पाँचथर बस्ने जगदीश राईका छोरा पृथ्वी र फिदिम नगरपालिका–१, नाम्दु बस्ने देउमान राईका छोरा वसन्त रहेका छन्।
पृथ्वी सो विद्यालयको कक्षा ९ मा र वसन्त कक्षा ६ मा पढ्दै थिए। छात्रावासमा बसेर पढ्दै आएका उनीहरु गत भदौ २५ गते रातिदेखि एकाएक बेपत्ता भएको विद्यालयले जनाएको छ।
बिनाकारण सम्पर्कविहीन भएका उनीहरुको खोजी भइरहे पनि हालसम्म कुनै जानकारी प्राप्त नभएको विद्यालयका भाइस प्रिन्सिपल कुलराज नेयोङहाङले बताए। रासस