PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

डा. केसीको माग सम्बोधनबारे स्वास्थ्य मन्त्री थापा र प्रधानमन्त्रीबीच छलफल



पहिलोपोस्ट

डा. केसीको माग सम्बोधनबारे स्वास्थ्य मन्त्री थापा र प्रधानमन्त्रीबीच छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रका समस्या समाधान तथा डा. गोविन्द केसीले उठाएका मागको सम्बोधनका लागि पहलकदमी लिने भएका छन्।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा स्वास्थ्य मन्त्री गगन थापा, शिक्षा मन्त्री धनीराम पौडेल, केदारभक्त माथेमासहित आयोगका पदाधिकारी संलग्न टोलीसँग छलफल गर्दै प्रधानमन्त्रीले स्वास्थ्य शिक्षा क्षेत्रका विभिन्न समस्या तत्काल समाधान गर्न निर्देशन दिए।
 
यता केसीले भने मेडिकल क्षेत्रमा देखिएको विकृति अन्त्यको लागि भन्दै नवौं अनसनको घोषणा गरिसकेका छन्। असोज २ गतेसम्म यसअघि आफूले राखेका चार बुँदे माग सरकारले पूरा नगरे ३ गतेदेखि अनसन बस्ने उनको चेतावनी छ।
 
अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि भ्रष्टाचार गरेको प्रमाणसहित महाअभियोगको माग गर्दा संसदमा महत्वपूर्ण प्रस्तावमा छलफल नभएको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell