PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

एमाले नेता खनालको तर्क- 'कार्यान्वयनको चरणमा रहेकाले संविधान संशोधन हुँदैन'



पहिलोपोस्ट

एमाले नेता खनालको तर्क- 'कार्यान्वयनको चरणमा रहेकाले संविधान संशोधन हुँदैन'

 
इलाम : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्।
 
इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा आज बिहान आयोजित कार्यकर्ता भेलामा नेता खनालले आगामी माघ ७ गतेसम्ममा स्थानीय निकायको निर्वाचन नभए देश सङ्कटतर्फ उन्मुख हुने धारणा राखे। 
 
संविधान संशोधन तत्काल सम्भव हुन नसक्ने पनि उनले बताएका छन्। 'संविधान कार्यान्वयन चरणमा छ, कार्यान्वयन चरणमा रहेको संविधान संशोधन हुन सक्दैन,' उनको तर्क थियो। 
 
इलामको साथै समग्र देश विकासका लागि आर्थिक क्रान्ति सुरु भइसकेको उल्लेख गर्दै सुदूरपूर्व इलामबाट देश विकासको अभियान थाल्नुपर्ने उनले बताए। 
 
गत आव २०७२/७३ मा सांसद विकास कोष र निर्वाचन क्षेत्रबाट सञ्चालन गरिएका विभिन्न विकास निर्माणका पूर्वाधारको नेता खनालले अनुगमन गरेका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell