PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

बनेपामा टिपर र मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते



पहिलोपोस्ट

काठमाडौं : काभ्रेको बनेपा चारदोबाटोमा टिपर र मोटसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्।
 
दुर्घटनामा मोटरसाइकल चालक काभ्रेका २३ वर्षीय उमेश भलाकुरा घाइते भएका हुन्। उनको काभ्रेकै शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको सहायक प्रहरी निरीक्षक नरहरि अधिकारीले बताए।
 
मोटरसाइकलको पछाडि बसेका काभ्रेकै १९ वर्षीय आदेश लामा भने सामान्य घाइते छन्।
 
पनौतीबाट काठमाडौं आउदै गरेको बा ३ प ७८३५ नम्वरको टिपर र विपरीत दिशाबाट आइरहेको बा ५६ प ४०९९ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell