PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

परराष्ट्र मन्त्री चढेको विमान अवतरण गर्ने क्रममा 'चिप्लियो'



पहिलोपोस्ट

परराष्ट्र मन्त्री चढेको विमान अवतरण गर्ने क्रममा 'चिप्लियो'

काठमाडौँ : परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत सवार नेपाल एयरलाइन्सको आरए २०६ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा गडबडी भएको छ। 

विमानस्थल स्रोतका अनुसार विमानको टायरमा हावा कम भएकोले ल्यान्डिङ गर्ने क्रममा पड्किएर स्लिप भएको थियो। यस कारण करिब आधा घण्टासम्म यात्रुहरुलाई विमानमै होल्ड गराइएको थियो। 

परराष्ट्र मन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भ्रमणको पूर्वसन्ध्यामा भारत भ्रमण गरी आजै फर्कँदै थिए। 

यसअघि आइतबार पनि नयाँ दिल्लीबाट काठमाडौँ उडेको नेपाल एयरलाइन्सकै विमान प्राविधिक गडबडीका कारण उडेको आधा घण्टा पनि नबित्दै पुनः दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरी आपतकालीन अवतरण गराइएको थियो। (फाइल फोटो)


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell