PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

चट्याङ लागेर किशोरको मृत्यु, आमा र दिदी घाइते



पहिलोपोस्ट

दाङ : चट्याङ लागेर आज दाङमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
 
दाङ बाघमारे–३ पेघास्थित जुद्धकुमारी केसीको घरमा चट्याङ पर्दा उनका १६ वर्षीय छोरा पवन केसीको आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए। 
 
केसीको छाती, कम्मर र हात जलेको अवस्थामा राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। चट्याङबाट मृतक केसीका ३९ वर्षीया आमा जुद्धकुमारी र १८ वर्षीया दिदी रेणुका घाइते भएका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell