
- वासुदेव पौडेल
भदौ २४ गते गल्याङमा रहेको माइतीघरबाट फर्कंदै गरेकी अधिकारीले पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित ग १ ख ३४२० नम्बरको बसमा १० तोला सुन सहितको झोला बिर्सिएकी थिइन्। तीजमा माइत जाँदा लगाएको सुन घर फर्किने असुरक्षित हुन्छ भन्ने सोचेर उनले ती गहना झोलामा राखेकी थिइन्।
अधिकारी परिवारले सुनको माया मारिसके पनि बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले बस सफा गर्ने क्रममा झोला फेला पारेपछि पृथ्वी राजमार्ग बस सञ्चालक समितिको कार्यालयमा झोला बुझाएका थिए। झोला हराएपछि अधिकारी परिवारको पहिलो सम्पर्क बसका चालक थलबहादुर बरुवालसँग भयो। बरुवालले अधिकारी परिवारको गुनासो समितिमा सुनाउँदा सहचालक क्षेत्रीले झोला समितिमा बुझाएकाले पत्ता लगाउन सजिलो भएको हो।
समितिका कर्मचारीले अधिकारी परिवारलाई झोला सुरक्षित रहेको जानकारी गराउँदै लिन आउन सूचना गरेपछि आएका अधिकारी परिवारलाई समितिले एक कार्यक्रमबीच १० तोला सुनसहितको झोला हस्तान्तरण गरिएको हो।
उक्त कार्यक्रममा सहचालक क्षेत्रीलाई नगदसहित सम्मान गरिएको छ। 'म श्रम गरेर खान्छु, बेइमानी कहिल्यै पनि गर्दिन,' सामान बुझाउने क्रममा भावुक हुँदै सहचालक क्षेत्रीले भने, 'फेला परेको सामान बुझाउन पाउँदा म निकै खुसी छु।'
.jpg)
'बसका कर्मचारी इमानदार हुन्छन् भन्ने प्रमाण चन्द्रले प्रमाणित गर्नुभएको छ,' पृथ्वी राजमार्ग बस सञ्चालक समितिका कार्यालय प्रमुख वसन्त बास्कोटाले भने, 'उहाँबाट धेरैले पाठ सिक्नुपर्छ।'
गहना भेटिएपछि अधिकारी परिवार पनि निकै खुसी भएका छन्। सामान फेला पार्ने क्षेत्रीलाई पाँच हजार नगद र समितिसम्म सम्पर्क गराइदिने बरुवाललाई तीन हजार नगदसहित सम्मान गरिएको थियो।रासस (फोटो : pokharanews.com)