दाङ : दाङका एक अटोरिक्सा चालकले फेला पारेको रु ५० हजार प्रहरीलाई बुझाएका छन्।
दाङ गढवा चौक निवासी २२ वर्षीय महेश चौधरीले रा १ च १०५० नम्बरको आफ्नो अटोरिक्सामा मङ्गलबार बिहान रु ५० हजार फेला पारेका थिए।
प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक धीरजप्रताप सिंहका अनुसार अटोरिक्सा चालक चौधरीले सिटमुनी फेला परेको रु ५ सय र १ हजारका गरी कुला ५० हजार रुपैयाँको बिटो प्रहरीलाई बुझाएका हुन् ।
उनले उक्त रकम गढुवा बजार आसपासमा बस्ने कुनै व्यक्तिको हुन सक्ने उल्लेख गर्दै सम्बन्धित व्यक्तिको पहिचान गरी रकम फिर्ता दिलाउन प्रहरीलाई आग्रह समेत गरेका छन्।
यो पनि पढ्नुस् :
इमानदार सहचालक, जसले गाडीमा छुटेको १० तोला सुनसहितको झोला सम्बन्धित व्यक्तिलाई बुझाए