PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

सर्वदलीय बैठकमा प्रमलाई सुझाव- 'भारतसँगका सम्झौतालाई कार्यान्वयनमा लैजाऔं'



पहिलोपोस्ट

सर्वदलीय बैठकमा प्रमलाई सुझाव- 'भारतसँगका सम्झौतालाई कार्यान्वयनमा लैजाऔं'

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने र विगतका सम्झौताहरुलाई कार्यान्वयनमा लाने दिशामा केन्द्रित गर्न सुझाइएको छ।
 
प्रधानमन्त्री दाहालले आज आफ्नै निवास बालुवाटारमा परामर्शका लागि बोलाएको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन आग्रह गरे।
 
छलफलमा सहभागी नेपाली कांग्रेसका नेता भरत खड्काले असाधारण परिस्थितिमा आएको प्रधानमन्त्री दाहालको भारत भ्रमणका विषयमा कसैले पनि शङ्का र उपशङ्का गर्न नहुने बताए। 'भारत भ्रमणमा पुष्पकमल दाहाल जान लागेको होइन, प्रधानमन्त्री जान लाग्नुभएको हो,' उनले भने, 'त्यो संस्था हो र त्यसलाई विश्वास गर्नुपर्छ। छिमेकी मुलुकसँग स्पष्ट कुरा राखेर सम्बन्धलाई थप उचाइमा पुर्‍याउन पहल हुनुपर्छ।'
 
भारत भ्रमणमा जाँदा आफूसँग खास नयाँ मुद्दा नभएको दलका नेतालाई प्रधानमन्त्री दाहालले बताएपछि आफूहरुले विगत केही समय अगाडि राजनीतिक तहमा दुई देशको सम्बन्ध चिसिएको र त्यसलाई सुधार्न प्रधानमन्त्री दाहालको भारत भ्रमण सफल होस् भनी शुभकामना दिएको सङ्घीय समाजवादी फोरम नेपालका नेता अशोक राईले जानकारी दिए। 
 
नेपाल–भारत सम्बन्धलाई अझ उँचो बनाउन र विगतमा दुई देशबीच भएका विभिन्न सन्धि र सम्झौतालाई कार्यान्वयनमा लान नेताहरुले सुझाव दिएका थिए।
 
साउन १९ गते व्यवस्थापिका संसद्बाट कांग्रेसको साथ र सहयोगमा प्रधानमन्त्री पदमा निर्वाचित भएका दाहालले भदौ ३० गतेदेखि भारतको चार दिने भ्रमण गर्दैछन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell