PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

​वाइ वाइ इपिएल टी २० क्रिकेटका सबै खेल प्रत्यक्ष प्रशारण हुने



पहिलोपोस्ट

​वाइ वाइ इपिएल टी २० क्रिकेटका सबै खेल प्रत्यक्ष प्रशारण हुने

काठमाडौं : वाइ वाइ एभरेस्ट प्रिमियर लिग इपिइल टी २० क्रिकेट प्रतियोगिताको सबै खेल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भएको छ। 
प्रतियोगिताको सबै १६ खेल कान्तिपुर गोल्ड टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ। 

प्रत्यक्ष प्रशारणका लागि इपिएल आयोजक जोहरा स्पोर्ट्स म्यानेजमेन्ट र कान्तिपुर मिडिया ग्रुपसँग सम्झौता भएको जोहराका निर्देशक आमिर अख्तरद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

नेपाली क्रिकेट क्रिकेटको विकासका लागि निजी टेलिभिजनसँग भएको यो सम्झौतालाई अख्तरले ऐतिहासिक भएको बताए। उनले अहिलेसम्म कुनै पनि टिभीले लगातार १६ खेल प्रत्यक्ष प्रशारण नगरेको र यो नै पहिलो भएको बताएका छन्।

'१० दिनसम्म लगातार लाइभ, दर्शकलाई फ्रि इन्ट्री अनी प्रतियोगिताभरी विभिन्न खालको मनोरञ्जनात्मक कार्यक्रम हुनेछ।' अख्तरले पहिलोपोस्टसँग भने।

प्रतियोगिता आगामी असोज ८ गतेदेखि १७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ। जसमा नेपालका राष्ट्रिय टीमका खेलाडीदेखि क्षेत्रीय खेलाडीहरुले समेत सहभागिता जनाउनेछन्। 

६ वटा फ्रान्चाइज टीम रहेको प्रतियोगिताको खेलहरु राउण्ड रोविन लिगमा सञ्चालन हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell