PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

​तेस्रो एनभीए क्लब भलिबल च्याम्पियनसिप : न्युडायमण्ड र एपीएफको विजयी सुरुआत



पहिलोपोस्ट

​तेस्रो एनभीए क्लब भलिबल च्याम्पियनसिप : न्युडायमण्ड र एपीएफको विजयी सुरुआत

काठमाडौं : न्युडायमण्ड एमेडेमी  र सशस्त्र प्रहरीको एपीएफ क्लबले तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन्। 

महिलातर्फ मंगलबार भएको उद्घाटन खेलमा न्युडायमण्डले विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफले काभ्रे भलिबल संघलाई पराजित ग¥यो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कबर्डहलमा भएको खेलमा न्युडायमण्डले आर्मीलाई ३–० को सेटमा पाखा लगायो । आर्मीविरुद्ध न्युडायमण्डले पहिलो सेट २५–११, दोस्रो २५–१४ र तेस्रो सेट २५–१६ को सेटमा जित निकाल्दै च्याम्पियनसिपमा विजयी सुरुवात गरेको हो। एपीएफले काभ्रे जिल्ला भलिबल संघमाथि ३–० कै सेटमा जित निकाल्यो। एपीएफले काभ्रेमाथि २५–५, २५–८ र २५–३ को जित निकाल्यो।


पुरुषतर्फको खेलमा रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब र ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरले विजयी सुरुवात गरेका छन् । राखेप कबर्डहलमै भएको पुरुषतर्फको पहिलो खेलमा मणिमुकुन्दले काभ्रे भलिबल संघमाथि ३–० को सोझो सेटमा जित निकाल्यो। मणिमुकुन्दले काभ्रेमाथि पहिलो सेट २५–१२, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१८ को जित निकाल्यो।

पुरुषतर्फको दोस्रो खेलमा ढोरपाटनले बुढानीलकण्ठ भलिबल संघलाई ३–१ को सेटमा पराजित गर्यो। पहिलो सेट १६–२५ ले गुमाएको ढोरपाटनले तयसपछि २५–२३, २५–१४, २७–२५ को सेटमा खेल जित्यो।

लिगकम नकआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ ९ टोलीको सहभागिता रहेको छ। च्याम्पियनसिपको पुरुष तथा महिलातर्फको उपाधि बिजेताले १ लाख ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ। उपविजेताले ७० हजार रुपैया जित्ने छन्। 

च्याम्पियनसिपको दुवै विधाका सर्बोकृष्ट खेलाडीले १५/१५ हजार पाउने छन्। व्यक्तिगत विधातर्फ बेष्ट स्पाइकर, ब्लकर, लिफ्टर, लिब्रो र सर्भरले जनही ५/५ हजार पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell