PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

'गोरेटो अनि उस्तै छ गल्ली...' तर सुनील बर्देवा संसारमा छैनन्



पहिलोपोस्ट

'गोरेटो अनि उस्तै छ गल्ली...' तर सुनील बर्देवा संसारमा छैनन्

काठमाडौँ : गायक तथा एरेन्जर सुनील बर्देवाको मंगलबार राति निधन भएको छ। त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। 

उनले विक्रम संवत् २०५० को दशकमा गाएका गीतहरु अझै पनि लोकप्रिय छन्। 'गोरेटो अनि उस्तै छ गल्ली' उनको सदाबहार गीत मध्ये एक हो। 
सुरुमा सुनील द म्याट्रिक्स नामको ब्यान्डमा आवद्ध थिए। त्यसमा अर्का गायक सरोज दत्ता पनि थिए। ब्यान्डले २०५२ सालमा साजन स्मृति पप गीत प्रतियोगिता पनि जितेको थियो। 

पछि सुनील एक्लै संगीत कर्ममा सक्रिय भए। नवीन के भट्टराई लगायतका गायकहरुका गीतमा सुनीलले म्युजिक एरेन्ज गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell