PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

मेसीले ह्याट्रिक गरेपछि सेल्टिकको पोष्टमा बार्सिलोनाको ७ गोल, वायर्न र एथ्लेटिको विजयी



पहिलोपोस्ट

मेसीले ह्याट्रिक गरेपछि सेल्टिकको पोष्टमा बार्सिलोनाको ७ गोल, वायर्न र एथ्लेटिको विजयी

बार्सिलोनाले र वायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको छन्। २०१६/१७ सिजन अन्तर्गत समूह चरणको पहिलो खेलमै बार्सिलोना र वर्यानले फराकिलो जित हासिल गरेका छन्। 

समूह सी को खेलमा लियोनल मेसीले ह्याट्रिक गरेपछि बार्सिलोनाले सेल्टिकलाई ७-० ले हरायो। बार्सिलोनाको जितमा मेसीले ह्याट्रिक गरे। लुइस स्वारेजले २ तथा आन्द्रेज इनेस्टा र नेमारले १/१ गोल गरे। 

लियोनल मेसीले तेस्रो मिनेटमै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। २४ औं मिनेटमा सेल्टिकले बराबरी गर्ने मौका पाएपनि माउसा डेम्बेलेले पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन्। मेसीले २७ औं र ६० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे।

समूह सी कै म्यानचेष्टर सिटी र जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकल बीचको खेल खराब मौसमका कारण रोकिएको छ। सिटिीको घरेलु मैदान एतिहाड स्टेडियममा हुने भनिएको खेल बुधबार खेलाइनेछ।

समूह डी को खेलमा वायर्न रसियन डेबुटान्ट क्लब रोस्तोभलाई ५-० ले पराजित गर्यो। वायर्नको जितमा जोसुअ किमिकले २ गोल गरे भने रोवर्ट लेवान्डास्की, थोमस मुलर र जुअन बर्नाटले १/१ गोल गरे।

यसै समूहको अर्को खेलमा जोन ओब्लाकले पेनाल्टी रोकेपछि एथलेटिको मड्रिडले पिएसभी आइन्डहोवनलाई १-० ले हराएको छ। खेलको ४३ औं मिनेटमा सोल निगजेले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाए। ४५ औं मिनेटमा पिएसभीले बराबरी गर्ने मौका सदुपयोग गर्न सकेन। आन्द्रेस ग्एरडाडोको पेनालटी प्रहार ओब्लाकले बचाउ गरे।

यता दुवै टीमका खेलाडीले खेलको अन्त्यतिर रातो कार्ड पाएको खेलमा आर्सनल र पेरिस सेन्ट जर्मेनले १-१ को बराबरी खेलेका छन्। समूह ए को अन्तर्गत भएको खेलको पहिलो मिनेटमा एडिनसन काभानीले गोल गर्दै घरेलु टोली जर्मेनलाई अग्रता दिलाए। तर ७८ औं मिनेटमा आर्सनलका एलेक्सिस सान्चेजले बराबरी गोल फर्काए। 

इन्जुरी टाइमको तेस्रो मिनेटमा आर्सनलका ओलिभर जिरुड र जर्मेनका मार्को भेराट्टी दोहोरो पहँलो कार्डको सामना गर्दै मैदान बाहिरिएपछि दुवै टीमले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको हो।

समूह ए कै अर्को खेलमा बासेल र एफसी लुडोगोरेट्सले १-१ गोलको बराबरी खेले। 

अर्काडिउस मिलिकले दुई गोल गरेपछि उत्कृष्ट पुनरागमन गर्दै नेपोलीले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको डाइनामो किभलाई २-१ ले पराजित गरेको छ। 

समूह बी को खेलमा डेनिस गार्मसले गोल गर्दै किभलाई पहिले अग्रता दिलाएका थिए। थर मिलिकले २ गोल गर्दै नेपोलीलीलाई अग्रता दिलाएका हुन्। ६८ औं मिनेटमा सेरीहले रातो कार्डको सामना गरेपछि किभ दश खेलाडीमा झरहेको हो।

समूह बी कै अर्को खेलमा बेनफिका र बेसिकटासले १-१ गोलको बराबरी खेलेका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell