
काठमाडौं : फुटसल प्रिमियर लिगको अन्तिम चरणको लागि १६ टीम छनोट भएका छन्।
सहभागी ३२ टीमबाट छनोट चरण मार्फत १६ टीमको छनोट गरिएको हो। छनोटमा सहभागि टीमलाई ८ समूहमा विभाजन गरिएको थियो,
जसमध्ये ८ वटै समूहको शीर्ष दुई स्थानमा रहेका टीम अन्तिम चरणका लागि छानिएका हुन्। अब १६ टीमलाई २ समूहमा विभाजन गरी होम एण्ड अवे प्रणालीमा प्रतियोगिता खेलाइनेछ।
प्रतियोगिताको विजेताले १० दाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन्। यस्तै उत्कृष्ट खेलाडी र गोलरक्षकले जनही ५० हजार पाउनेछन्।
एएमए इभेन्टले आयोजना गरेको लिगलाई रेडबुलले मुख्य प्रायोजन गरेको छ।
अन्तिम चरणमा छानिएका १६ टीम
आदर्श फुटसल
बानेश्वर रिक्रियसनल सेन्टर
बीजी ब्रदर्श
चौर रिक्रियसन सेन्टर
ढुकु फुटसल हब
हरिसिद्धी फुटसल
हाइवे फुटसल
इम्पेरियल फुटसल
किक अफ फुटबल
कीर्तिपुर फुटबल
कुमारी फुटबल
रजनी फुटसल
सामाखुशी फुटसल
शंखमुल फुटबल
ताहचल फुटसल
ह्वाइट होरेस फुटसल