PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

​इन्द्रजात्रा सुरु भएपछि निकालियो लाखे र पुलुकिसी

​इन्द्रजात्रा सुरु भएपछि निकालियो लाखे र पुलुकिसी

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : मंगलबारबाट सुरु भएको इन्द्रजात्रा पर्व धुमधामका साथ मनाइँदैछ। उपत्यकामा इन्द्रजात्रा विशेष रुपमा मनाइन्छ। भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरु भएको यो जात्रा यँलागाः चौथी अर्थात् इन्द्रध्वजपतनसम्म आठ दिन विभिन्न नाचगान र रथयात्रा गरी मनाउने गरिएको छ।

राज इन्द्रलाई खुसी पार्न देवता र दैत्यको मुकुट लगाए विभिन्न नाच नाचिने गरिएको छ। विभिन्न पोसाक लगाएर देवीनाच, महाकाली नाच, मजिपा लाखे लगायतका नाच नाच्ने गरिएको छ। पुलुकिसी काठमाडौं उपत्यकाका नेवार समुदायले इन्द्रजात्राको उपलक्षमा नाच्ने परम्परागत नृत्य हो। देवताका राजा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा (किलागलका पुलुकिसी) पुलुकिसी नाच नचाउने गरिएको हो।


ट्रेन्डिङ पोस्ट

Ncell