PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

सप्तरीमा सर्पको बिगबिगी : महिनामा ७ जनाको मृत्यु, दैनिक ६ बिरामी अस्पताल भर्ना



पहिलोपोस्ट

राजविराज : सप्तरी जिल्लामा सर्पदंशको घटनामा वृद्धि भइरहेका बेला पछिल्लो समय एक महिलाको सर्पदंशबाट ज्यान गएको छ।
 
योसँगै जिल्लामा एक महिनाको अवधिमा सर्पदंशबाट सात जनाको मृत्यु भइसकेको छ। पछिल्लो पटक सप्तरीको लालापट्टी–९ निवासी ५५ वर्षीया बेचनीदेवी मण्डललाई खेतमा घाँस काट्ने क्रममा विषालु सर्पले टोक्दा उनको मृत्यु भएको हो।
 
यस्तै, सप्तरीको अर्नाहा–२ मा घरमा बसेर टेलिभिजन हेर्ने क्रममा स्थानीयवासी १५ वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको थियो।
 
त्यस्तै, राजविराजस्थित गजेन्द्रनारायणसिँह सगरमाथा अञ्चल असतालमा एक महिनाको अवधिमा २ सयभन्दा बढी सर्पदंशका बिरामी उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ।
 
वर्षा र अत्यधिक गर्मीका कारण सर्पदंशका घटना ह्वात्तै बढेको अनुमान गरिएको छ। अस्पतालमा दैनिक अहिले ५ देखि ६ वटा सर्पदंशको बिरामी उपचारका लागि आउने गरको अस्पताल स्रोतले जनाएको छ।
 
यस्तै, अञ्चल अस्पतालबाहेकका अन्य स्वास्थ्य संस्था तथा निजी क्लिनिकमा उपचारका लागि बिरामी आउने गरेका छन्।
 
सर्पदंशको उपचारमा प्रयोग हुने एन्टीस्नेक भेनम भने अस्पतालमा अवश्यकता अनुसार पर्याप्त रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा दिलीप साहले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell