PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

भारत भ्रमणबारे प्रधानमन्त्रीद्वारा माओवादी नेतालाई जानकारी



पहिलोपोस्ट

भारत भ्रमणबारे प्रधानमन्त्रीद्वारा माओवादी नेतालाई जानकारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे नेकपा माओवादी केन्द्रका नेताहरुलाई जानकारी गराएका छन्।

आज बिहान प्रधानमन्त्रीको निजी निवास लाजिम्पाटमा सम्पन्न केन्द्रीय कार्यालयको बैठकमा उनले भोलिदेखि हुने भारत भ्रमणबारे नेताहरुलाई जानकारी गराएका हुन्।
  
बैठकमा उनले भ्रमण मुख्यत गुडविल भिजिट भनेका छन्। विगतमा नेपाल र भारतका बीचमा भएका सहमति, समझदारी कार्यान्वयन गर्ने र तिनलाई तीव्रता दिनेमा भ्रमण केन्द्रित हुने उनले जानकारी गराए। भ्रमण मूलतः हुलाकी राजमार्ग, पुनर्निर्माण, विद्युत् व्यापार सम्झौता आदिमा केन्द्रित हुने जानकारी गराएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।
 
माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्रीलाई भारत भ्रमणको शुभकामना दिँदै भ्रमण दुई देशको सम्बन्ध सुदृढ गर्न र नेपाल राष्ट्रिय हितको पक्षमा काम गर्न सफल हुनेमा विश्वास व्यक्त गरेका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell