PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

भारत भ्रमण 'असल नियतका साथ विश्वासको वातावरण बनाउनका लागि' : प्रधानमन्त्री



मनोज सत्याल

भारत भ्रमण 'असल नियतका साथ विश्वासको वातावरण बनाउनका लागि' : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण 'असल नियतका साथ विश्वासको वातावरण बनाउनका लागि' हुने प्रस्ट पारेका छन्।

भोलिदेखि हुने भारत भ्रमणबारे आज संसदमा लिखित जानकारी गराउँदै उनले यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ र विश्वासको वातावरण बढ्ने बताए।

हुलाकी राजमार्गको पहिलो चरणबारे यसै भ्रमणमा सम्झौता हुने समेत उनले जानकारी गराएका छन्। ऊर्जा सहयोग, पञ्चेश्वर परियोजनाको डिपिआर अनुमोदन, पुनर्निर्माणमा भारतीय सहयोग लगायतका विषयमा पनि ठोस सहमति गरिने प्रधानमन्त्रीले संसदमा जानकारी गराए।

वीरगन्जमा एकीकृत चेकपोस्ट सञ्चालन भने तत्काल कार्यान्वयन हुने उनको भनाइ छ। 'विराटनगर, भैरहवा र नेपालगन्जमा पनि चेकपोस्ट स्थापनाका लागि छलफल हुनेछ,' उनले भने। भारतसँग सहुलियत ऋण सहयोगबारे पनि आफ्नो भ्रमणमा कुरा उठ्ने उनले बताए।

'गौरीफन्टा-चाँदनी दोधारा पारवहन खुलाउने तथा भारतको विशाखापटनमसम्म रेलसेवा सम्झौता र संशोधनका विषयमा भारतीय पक्षसँग छलफल हुनेछ,' प्रधानमन्त्रीले भने, 'भारतीय प्रस्तावबारे पनि हामीले तयारी गरेका छौं।'

दक्षिणी सिमानामा हुने डुबानको समस्या समाधानका लागि दुईपक्षीय हितका आधारमा निर्णय गरिने समेत उनले बताए।

आफ्नो बसाइ राष्ट्रपति भवनमा हुने र यो राजकीय भ्रमण हुने उनले बताएका छन्।  






@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell