PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

असंलग्न मुलुकको शिखर सम्मेलनका लागि उपराष्ट्रपति पुन भेनेजुएला जाँदै



पहिलोपोस्ट

असंलग्न मुलुकको शिखर सम्मेलनका लागि उपराष्ट्रपति पुन भेनेजुएला जाँदै

काठमाडौ : असंलग्न मुलुकको १७औं शिखर सम्मेलनमा भाग लिन उपराष्ट्रपति नन्दबहादुर पुन आज नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भेनेजुएला जाने भएका छन्।

उपराष्ट्रपति कार्यालयका अनुसार उपराष्ट्रपति पुन आज राति ९:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भेनेजुएला प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ। 

टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव एवम् संयुक्त राष्ट्र सङ्घ, अन्तर्राष्ट्रिय सङ्घ तथा सङ्गठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखाका प्रमुख भरतराज पौड्याल, सोही शाखाका उपसचिव सुधीर भट्टराई, संयुक्त राष्ट्र सङ्घका लागि मिनिस्टर काउन्सिलर घनश्याम लम्साल, नायब शिष्टाचार महापाल तेजबहादुर क्षेत्री, उपराष्ट्रपतिका स्वकीय सचिव तुलसी डाँगी र उपराष्ट्रपतिका पाश्र्ववर्ती प्रमुख सेनानी उमेशबहादुर सिंह सहभागी हुनेछन्।

यस्तै मन्त्रिस्तरीय बैठकका लागि संयुक्त राष्ट्र सङ्घका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईको नेतृत्वमा एक टोली रहनेछ। मन्त्रिस्तरीय बैठक यही भदौ ३० र ३१ गते आयोजना गरिएको छ। 

शिखर सम्मेलन भेनेजुएलाको मार्गरिता टापुमा आयोजना गरिएको छ। उपराष्ट्रपति पुन आगामी असोज ५ गते स्वदेश फर्कने कार्यक्रम छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell