PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सदनमा पेस



पहिलोपोस्ट

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सदनमा पेस

काठमाडौं : व्यवस्थापिका संसदको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ पेस भएको छ। शिक्षामन्त्री धनिराम पौडेलले सदनमा उक्त विधेयक प्रस्तुत गरेका हुन्।
 
यसअघि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकले अस्वीकृत गरेको थियो।
 
त्यस्तै, बैठकमा सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले सहकारी विधेयक २०७३ प्रस्तुत गरेका छन्।
 
व्यवस्थापिका संसदको अर्को बैठक आगामी असोज ९ गते दिउँसो १ बजे बस्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell