PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

१९ सय ८० पिस लागुऔषध नाइट्रोजन सहित दुई जना पक्राउ



पहिलोपोस्ट

सुरुङ्गा : प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित दुई जनालाई झापाको बुट्टावारीबाट गएराति पक्राउ गरेको छ।
 
पक्राउ पर्नेमा भुटानी शरणार्थी शिविर बेलडाँगीका २४ वर्षीय सुवास क्षेत्री र सोही ठाउँका २० वर्षीय संजोग गुरुङ रहेका छन्। उनीहरुलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट एक हजार ९८० पिस नाइट्रोजन बरामद गरिएको प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिए।
 
पक्राउ परेका क्षेत्री र गुरुङ लागुऔषध ओसारपसार गर्ने मुख्य कारोबारी रहेको प्रहरीले जनाएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell