PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

चार शिक्षकद्वारा एक विद्यार्थीमाथि निर्घात कुटपिट



पहिलोपोस्ट

पोखरा : कास्कीको एक विद्यालयमा चार शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्।
 
कास्कीको पुरुञ्चौरमा रहेको भारती भवन माविका शिक्षकहरु मीनराज ढुंगाना, वासु तिवारी, धर्मदत्त अधिकारी र प्रधानाध्यापक गोविन्द काफ्लेले १५ वर्षीय विद्यार्थी अनिष गौतमलाई स्कुलभित्रै कुटेका हुन्।
 
ती शिक्षकको कुटाइबाट अनिषको बायाँ गालो सुन्निएको छ भने बंगारा हल्लिएको छ। उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गरिएको पारिवारिक स्रोतले जनाएको छ।
 
स्कुलमा केही ढिलो पुगेका उनलाई शिक्षकहरुले कुटपिट गरेका हुन्। केही दिनअघि घटना भए पनि उनले परिवारलाई तत्काल नसुनाएका कारण ढिलो मात्र घटना सार्वजनिक भएको हो।
 
केन्द्रीय बाल अधिकार समितिका स्रोत व्यक्ति बद्रीप्रसाद वाग्ले विद्यालय पढ्न गएका बालबालिकामाथि हुने कुनै पनि प्रकारको यातना र कुटपिट 'कर्पोरल पनिस्मेन्ट' भएकोले त्यसलाई अक्षम्य अपराध मानिने बताउँछन्।
 
जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा विद्यालयले विद्यार्थीको अनुशासन कायम राख्न जरुरी भए पनि कुटपिट गर्न नहुने भन्दै यो घटनाबारे बुझेर सचेत गराउने बताए।
 
घटनाछि विद्यार्थी अनिषको उपचारको जिम्मा लिने, घाइते र बहिनीको पढाइ शुल्क मिनाहा गरिदिने विद्यालयका प्रअ गोविन्द काफ्लेले प्रतिबद्धता जनाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell