PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

आमरण अनसनमा रहेकी गङ्गामाया अधिकारीले तोडिन् अनसन



पहिलोपोस्ट

आमरण अनसनमा रहेकी गङ्गामाया अधिकारीले तोडिन् अनसन

काठमाडौँ : आमरण अनशनमा रहेकी गङ्गामाया अधिकारीले अनसन तोडेकी छन्।
 
एक महिनादेखि औषधि र स्लाइन समेत नलिई वीर अस्पतालमा नै आमरण अनसन थालेकी गङ्गामायाले आजबाट अनसन तोडेकी हुन्।
 
२०६१ सालमा मारिएका आफ्ना छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै निरन्तर ६ वर्षदेखि अनसनरत गङ्गामायाले अदालतको बयानका लागि अनसन तोडेकी हुन्।
 
असोज २ गते चितवन जिल्ला अदालतबाट त्यहाँका प्रशासनिक प्रमुख आफैँ गङ्गामायाको बयान लिन आउने भएपछि आफूहरुको आग्रहमा उनले अनसन तोडेको गंगामायाका तर्फबाट उक्त मुद्दा हेर्दै आएका कानुन व्यवसायी तथा मानवअधिकारकर्मी इन्द्र अर्यालले बताए।
 
'बयान दिनकै लागि भए पनि बोल्न सक्ने अवस्थामा हुनुपर्ने भएकाले हामीले सास रहे न्याय पाइन्छ भनेर नै उहाँलाई अनसन तोड्न लगाएका हौं,' उनले भने।
 
२०७२ पुस ६ गते सर्वोच्च अदालतले आरोपीमध्येका एक छविलाल पौडेललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिए पनि सो आदेश कार्यान्वयन भएको थिएन। मानवअधिकारकर्मीको निरन्तर दबाबमूलक कार्यक्रमपछि चितवन अदालतका प्रशासनिक प्रमुख आफैँ काठमाडौँ आएर गङ्गामायाको बयान लिन लागेको हो।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell