PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

हत्या गरेर फरार तीन युवा १३ वर्षपछि पक्राउ



पहिलोपोस्ट

काठमाडौं : १३ वर्षअघि हत्या गरी फरार भएका तीन युवालाई प्रहरीले पक्राउ गरेको छ।
 
हत्या अभियोगमा काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ३१ वर्षीय श्रीवीर लामा, सोनु भनिने देवराज लामा र खेप्पा भन्ने राकेश लामालाई प्रहरीले पक्राउ गरेको हो।
 
२०६० सालको दसैंमा स्थानीय युवाहसँग झगडा हुने क्रममा रोशनकुमार आले मगरको मृत्यु भएको थियो।
सोही आरोपमा फरार रहेका उनीहरु पक्राउ परेका हुन्। उनीहरुलाई काठमाडौं जिल्ला अदालतमा पेस गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell