PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

हिसिला यमी भन्छिन्- 'प्रचण्डजी अलि बढी नै हौसिनुभएको छ'



पहिलोपोस्ट

हिसिला यमी भन्छिन्- 'प्रचण्डजी अलि बढी नै हौसिनुभएको छ'

काठमाडौं : नयाँ शक्ति पार्टी नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले भोलिदेखि हुने प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले पछिल्लो एक वर्षदेखि बिग्रिएको नेपाल–भारत सम्बन्ध सुधार गर्ने विश्वास व्यक्त गरेको छ।
 
बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै विभागले आफ्ना सुझाव अघि सारेको हो। विभागकी प्रमुख हिसिला यमीले प्रधानमन्त्रीको भारत भ्रमणले आधुनिक युगको बदलिएको परिवेश र आवश्यकता अनुरुप द्विपक्षीय सम्बन्ध अघि बढाउने विश्वास व्यक्त गरिन्। यद्यपि उनले प्रधानमन्त्रीले अलिक बढी नै हौसिएर आफ्नो भ्रमणबारे बताएको बताइन्। ‘उहाँले जोखिम मिल्छ भन्नुभयो, मेरो केमेष्ट्री मिल्छ भन्नुभयो, यो अलिक नै बढी हौसिएको जस्तो भयो,’उनले भनिन्।
 
उनले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख प्रगतिशील पुँजीवादलाई आत्मासात गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नुपर्ने आजको आवश्यकत्ता रहेको स्पष्ट पारिन्।
 
‘आजको युग भनेको आर्थिक विकासका निम्ति भीख माग्ने युग होइन, तीव्र विकासका लागि हामीले अब कसैसँग अनुदान सहयोग होइन, ऋण सहयोग, पुँजी लगानी र व्यापार सम्बन्धमा जोड दिनुपर्छ,’ उनको भनाइ थियो। 
 
उनले भारत र चीन दुवै आर्थिक महाशक्ति राष्ट्र बन्दै गरेको उल्लेख गर्दै भनिन्, ‘चीन र भारतको बीचमा एन्युल्ली सय अर्ब डलरको व्यापार हुन्छ, उनीहरुको बीचमा नेपाल ट्रान्जिट भएर व्यापार भएमा हामीले पनि ठूलो लाभ लिन सक्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell