PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

हाथु द्यको मूर्तिबाट पवित्र जाँडको धारा, १२ फोटोमा हेर्नुस् पिउन भएको हानथाप

हाथु द्यको मूर्तिबाट पवित्र जाँडको धारा, १२ फोटोमा हेर्नुस् पिउन भएको हानथाप

समर्थ रञ्जित/पहिलोपोस्ट


झण्डै १५ फिट अग्लो अनुहारमात्रै भएको हाथु द्यःलाई नेपालकै सबैभन्दा अनुहार ठूलो भएको देउताको मूर्तिका रुपमा पनि लिइन्छ। यसलाई श्वेत भैरव पनि भन्ने गरिन्छ। खासमा यो सेतो पत्थरले बनेको मूर्ति हो। अहिले भने यसलाई सुनले मोडिएको छ। राजा रणबहादुर शाहले यो मूर्तिमा सुनले मोड्‌न लगाएका हुन्। ध्यानले हेर्ने हो भने यसको भित्र रहेको पत्थरको मूर्ति देख्न सकिन्छ।

यो मूर्तिलाई इन्द्रजात्रामा मात्रै सार्वजनिक प्रदर्शन गरिन्छ। अरु बेला भने स-सानो प्वाल भएको काठको ढोकाले छोपेर राखिन्छ। यो देवताको मूर्तिको मुखबाट इन्द्रजात्राका आठै दिन जाँडको प्रसाद मुखबाट निकालिएको पाइपबाट बगाएर बाँडिन्छ। यसलाई नेपालभाषामा हाथु हायेकिगु भनिन्छ। इन्द्रजात्राको पाँचौँ दिन महिलामात्रलाई पनि यसमा सहभागी गराइन्छ। 

 


ट्रेन्डिङ पोस्ट

Ncell