PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विमलेन्द्र निधिलाई



पहिलोपोस्ट

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विमलेन्द्र निधिलाई

काठमाडौं : चारदिने भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भएपछि कार्यवाहक प्रमको जिम्मेवारी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई दिइएको छ।
 
राजकीय भ्रमणको सिलसिलामा प्रधानमन्त्री भारत गएकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेकी हुन्।
 
नेपालको संविधान बमोजिम प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले उपप्रधानमन्त्री निधिलाई सो कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell