PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

फुक्यो 'गाँठो', ६१ हलमा प्रदर्शन हुँदै



पहिलोपोस्ट

काठमाडौं : नेपाली कथानक चलचित्र ‘गाँठो’ दर्शकमाझ आएको छ। बुधबार जय नेपाल हलमा प्रिमियम शो गरेर गाँठो फुकाइएको हो। यो फिल्म ६१ वटा हलहरुमा प्रदर्शन हुदैँछ।
 
नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्ममा एक युवाको मनोसामजिक पक्षलाई उतार्न खोजिएको छ।
 
आफ्नो पहिलो फिल्मको प्रिमियरमा उपस्थित नम्रता श्रेष्ठले भनिन्, 'पहिलो फिल्म भए पनि राम्रो गर्ने प्रयास गरेँ। अब केही समय आफ्नो परिचय फिल्मी क्षेत्रमा स्थापित गर्नतिर लाग्नेछु।'
 
उनले सबैले आफ्नो नाम सुन्नासाथ अग्रज अभिनेत्री नम्रता श्रेष्ठलाई सम्झने गरेको देख्दा अनौठो लाग्ने बताइन्।
 
सुरज भुषालले निर्देशन गरेको फिल्म अमेरिका, युके र युरोपमा पनि प्रदर्शनको लागि बिक्री भइसकेको छ। चित्रकलालाई केन्द्रमा राखिएको फिल्ममा 'बाइपोलर डिसअर्डर' नामक मनोरोगका कारण एक युवक कसरी परिवार र समाजदेखि टाढा भाग्छ र उसले बदलाको भावनालाई कति गहिरो सोच्छ भन्ने कुरालाई देखाउन खोजिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell