PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

तयारी नगरी भारत भ्रमणमा जाने प्रधानमन्त्री विवादमा फस्छन् : झलनाथ खनाल



पहिलोपोस्ट

तयारी नगरी भारत भ्रमणमा जाने प्रधानमन्त्री विवादमा फस्छन् : झलनाथ खनाल

चितवन : नेकपा एमालेका नेता झलनाथ खनालले आवश्यक गृहकार्य नगरी भारत भ्रमणमा जाँदा नेपालका प्रधानमन्त्रीहरु विवादमा पर्ने गरेको बताएका छन्।
 
भरतपुरमा आज पत्रकारसँग कुरा गर्दै उनले भारत भ्रमण जानुअघि प्रधानमन्त्रीले जुन ढङ्गको गृहकार्य गर्नुपर्ने हो त्यो नहुँदा फस्ने गरेको बताए। 'आफ्नै कारणले फसेका पनि छन् र फसाइएका पनि छन्,' पूर्व प्रधानमन्त्री समेत रहेका उनले भने, 'आफू दह्रो भएर नजाँदा फसेका र फसाइएका प्रशस्त उदाहरण छ।'
 
भारत जाँदा ठाडो भएको शिर आउँदा निहुराउन नपरोस् भन्ने आफूहरुले चाहेको उनको भनाइ छ। राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखेर सन्धिसम्झौता गर्नुपर्ने सुझावसहित नेकपा (एमाले) ले के गर्दा राम्रो हुन्छ भन्ने विषयमा एक ज्ञापनपत्र समेत दिएको उनले जानकारी गराए। 'एमालेले लोकतन्त्र, राष्ट्रियता, सीमा, देशको सार्वभौमसत्ता लगायतका विषयमा गम्भीर हुन सुझाएको छ,' उनले भने।
 
भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने भन्दै नेता खनालले मुलुकको विदेशनीतिमा सत्ता पक्ष र विपक्षबीच फरक हुन नहुने भनाइ राखे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell