PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

'एक था टाइगर'को सिक्वेलमा सलमान-कट्रिना एकसाथ



पहिलोपोस्ट

'एक था टाइगर'को सिक्वेलमा सलमान-कट्रिना एकसाथ

बलिउड ब्रेकअप जोडी सलमान-कट्रिना पुन: एकपटक एकै स्क्रिनमा देखिने भएका छन्। यशराज फिल्मस ब्यानरको 'एक था टाइगर'को सिक्वेलमा यी दुई देखिन लागेका हुन्।
 
'टाइगर जिन्दा है' फिल्म बन्ने घोषणासँगै रिलिज हुने दिन पनि सार्वजनिक गरिएको छ। निर्माण टोलीले यो फिल्म २०१७ को क्रिसमसमा रिलिज हुने बताएको छ। सन् २०१२ मा ‘एक था टाइगर’ रिलिज भएको थियो। बलिउड बक्स अफिसमा १९९ करोड जम्मा गरेको सो फिल्मको सिक्वेललाई अलि अब्बास जफरले निर्देशन गर्न लागेका हुन्।
 
एक था टाइगरमा मायालु केटीको रुपमा देखिएकी कट्रिना टाइगर जिन्दा हैमा बोल्ड अनि एक्सन अवतारमा देखिने टाइम्स अफ इन्डियाले जनाएको छ। फिल्मकै लागि कट्रिनाले ट्रेनिङ पनि सुरु गरिसकेकी छिन्। उनी यस्मिन कराँचीवालाको सुपरभिजनमा तालिममा रहन लागेकी हुन्।
 
प्रेम सम्बन्धमा रहेर छुट्टिएका सलमान-कट्रिनाले यसअघि एक था टाइगर, मेने प्यार क्यु किया जस्ता फिल्ममा अनस्क्रिन रोमान्स गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell