PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

फिफा वरियतामा नेपालको दुई स्थान सुधार, अर्जेन्टिना शीर्षमा कायमै



पहिलोपोस्ट

फिफा वरियतामा नेपालको दुई स्थान सुधार, अर्जेन्टिना शीर्षमा कायमै

फिफाले जारी गरेको पछिल्लो वरियतामा नेपाल दुई स्थान फड्को मार्न सफल भएको छ। फुटबलको सर्वोच्च निकाय फिफाले सेप्टेम्बर महिनाको लागि जारी गरेको वरियतामा नेपाल दुई स्थान सुधार गर्दै १८६ औं स्थानमा उक्लेको छ। पछिल्लो महिना कुनै खेल नखेलेको नेपालको ७४ अंक रहेको छ।

दक्षिण एसियाली क्षेत्रमा भारत सबैभन्दा अगाडि छ। ४ स्थान सुधार गरेको भारत १४८ औं स्थानमा छ।  दक्षिण एसिया छाडेर मध्य एसियन क्षेत्रमा गएको अफगानिस्तान एक स्थान सुधार गर्दै १४९ औं स्थानमा पुगेका छ।

यस्तै ९ स्थान सुधार गरेको माल्दिभ्स १६५ औं स्थानमा उक्लेको छ भने २ स्थान तल झर्दै बंगलादेश १८५ औं स्थानमा पुगेको छ। भुटान ३ स्थान सुधार गर्दै १८९ औं स्थानमा पुगेको छ भने श्रीलंका १९३ र पाकिस्तान १९४ औं स्थानमा यथावत छ।

यता विश्व वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा कायमै छ भने बेल्जियम पनि दोस्रो स्थानमा यथावत छ। एक स्थान सुधार गर्दै विश्व विजेता जर्मनी तेस्रो स्थानमा उक्लेको छ भने कोलम्विया चौथो स्थानमा झरेको छ। 

ब्राजिल ५ स्थान सुधार गर्दै पाँचौ स्थानमा उक्लेको छ। समान एक स्थान तल झरेको चिली, पोर्चुगल र फ्रान्स क्रमश छैटौ, सातौ र आठौ स्थानमा छन्। 

यता उरुग्वे र वेल्स शीर्ष दशमा प्रवेश गरेका छन् भने स्पेन र इटली शीर्ष दशमा अटाउन असफल भएका छन्। ३ स्थान सुधार गरेको उरुग्वे नवौ र एक स्थान सुधार गरेको वेल्स दशौं स्थानमा छ। स्पेन ११ औं, इंगल्याण्ड १२ औं र इटली १३ औं स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell