PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

​देउवाले महिला नेतृलाई खुवाए : स्यान्डविच र चिकेन रोस्ट



पहिलोपोस्ट

​देउवाले महिला नेतृलाई खुवाए : स्यान्डविच र चिकेन रोस्ट

काठमाडौं : नौ वर्षपछि नेपाल महिला संघको तेस्रो महाधिवेशन काठमाडौमा सुरु भएको छ। महाधिवेशनकै क्रममा बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनका सहभागिहरुको सम्मानमा चियापान कार्यक्रम आयोजना गरे।

चियापानको सूचना बुधबारको उद्घाटन सत्रमा नै गराइएको थियो। त्यही सेड्युल अनुसार देउवाले साँझ चियापान राखेका थिए। महिला संघको महाधिवेशन भइरहेको स्थान भृकुटीमण्डपमै आयोजना भएको चियापान कार्यक्रममा देउवाले महिलाहरुलाई स्यान्डविच, जिलेवी, अण्डा र साँधेको बदम खुवाए।

महिलाहरु भन्दै थिए, ‘चियापनमा चिया मात्र रहेनछ पर्याप्त खाजा नै रहेछ।’

चियापान कार्यक्रममा २१ सय महिला संघका महाधिवेशन प्रतिनिधि मात्र नभएर महाधिवेशनस्थलमा पुगेका सबैलाई खुल्ला रहेकाले धेरै भिड लाग्यो। महिलाहरु दुई लाइन र पुरुषहरु पनि अर्को लाइनमा बसे। महिलाहरुले निक्कै समय लाम बस्दा पनि खान पाइरहेका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell