PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

​सम्माननीयको हतारो! खल्लो बन्दै संविधान दिवस



मनोज सत्याल

​सम्माननीयको हतारो! खल्लो बन्दै संविधान दिवस

काठमाडौं : सभामुख ओनसरी घर्ती संविधान दिवसको दिन नेपालमा हुने छैनन्। उनी अघिल्लो दिन राति नै एक साता लामो भ्रमणका लागि चीन जाँदैछिन्।

संविधान दिवसको दिन ३ गते संसद सचिवालयले कुनै कार्यक्रम समेत राखेको छैन। त्यसैले संसद सचिवालयले सभामुख र महासचिव लगायतको भ्रमणकै कारण एक दिन अघि संविधान दिवसको कार्यक्रम राखेको छ।

अघिल्लो दिन अर्थात् असोज २ गते साँझ राष्ट्रपतिको निमन्त्रणामा संसद सचिवालयले चियापान राखेको छ। झण्डै १५ सय जनाका लागि चियापानको निमन्त्रणा समेत सचिवालयले बाँडेको छ।

सरकारले गत वर्षको असोज ३ गते संविधान जारी भएको दिनलाई संविधान दिवसको रुपमा मनाउने घोषणा गरेको थियो। तर संविधान दिवसको दिन प्रधानमन्त्री प्रचण्ड पनि पूरा समय नेपालमा हुने छैनन्।

प्रधानमन्त्री प्रचण्ड २ गते भारतबाट फर्कदैछन् भने ३ गते उनी राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जाँदैछन्।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन पनि संविधान दिवसका कुनै कार्यक्रममा नेपालमा हुने छैनन्। पुन बुधबार नै असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन भेनेजुवेला गएका छन्। उनी असोज ५ गते मात्र नेपाल आइपुग्दैछन्।

सरकारले तीन दिन असोज २, ३ र ४ गते संविधान दिवस मनाउने घोषणा गरेको छ। तर पहिलो र अन्तिम दिन प्रधानमन्त्री उपस्थित हुने छैनन्। उपराष्ट्रपति कुनै पनि दिन समारोहमा सहभागी हुन सक्ने अवस्था छैन। त्यस्तै सभामुख पनि पहिलो दिनको कार्यक्रममा मात्र हुनेछिन्।
संविधान दिवसको मूल समारोह असोज ३ गते बिहान ८ बजे सैनिक मञ्च टुँडिखेलमा हुनेछ। राष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यतामा मूल समारोहको आयोजना हुन लागेको हो।

 
के के छन् कार्यक्रम?

असोज २ गते मुलुकभर महानगरपालिका, उपमहानगरपालिका र गाविसले आआफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झन्डा एवम् ब्यानर सजाई श्रृङ्गार र सफाइ गर्ने कार्यक्रम बनाइएको छ।
 
असोज ३ गते मुख्य समारोह हुनेछ।

४ गते रेडियो नेपालबाट फूलबारी तथा लोकदोहोरी सम्मेलनको आयोजना र साँझ दीपावली गर्ने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell