PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

२५ फोटोमा हेर्नुस् जीवित देवी कुमारीको रथयात्रा, गद्दी बैठक हैन पालमा राष्ट्रपति

२५ फोटोमा हेर्नुस् जीवित देवी कुमारीको रथयात्रा, गद्दी बैठक हैन पालमा राष्ट्रपति

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : साताभर मनाइने इन्द्रजात्राको तेस्रो तथा महत्वपूर्ण दिन बिहीबार राष्ट्रपतिको उपस्थितिमा कुमारीको रथयात्रा सम्पन्न भयो। यस पटकको जात्रामा पहिलो पटक महिला राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित थिइन्। भारत भ्रमणका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को साटो कार्यवाहक पाएका उपप्रम विमलेन्द्र निधि उपस्थित थिए। 

गद्दी बैठकबाट इन्द्रजात्रामा कुमारीको रथयात्रा राष्ट्रप्रमुख लगायत विशिष्ट व्यक्तिले हेर्ने प्रचलन रहे पनि भूकम्पले क्षति पुर्‌याएको र पुननिर्माण नभइसकेका कारण वसन्तपुरमा पालमा विशिष्ट अतिथिहरुलाई राखिएको थियो। 

कुमारीको रथ यात्रा तीन दिन हुने गर्छ। पहिलो रथयात्राका दिन सुरुमा र अन्तिम दिनको रथयात्रा सकिएपछि राष्ट्रपति वसन्तपुरमा उपस्थित भई कुमारीको आशीर्वाद लिने प्रचलन छ। 


ट्रेन्डिङ पोस्ट

Ncell