PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

​कोशीमा उच्च बाँध बाँध्न बिहारका मुख्यमन्त्री नीतिशकुमारको प्रचण्डलाई प्रस्ताव



पहिलोपोस्ट

​कोशीमा उच्च बाँध बाँध्न बिहारका मुख्यमन्त्री नीतिशकुमारको प्रचण्डलाई प्रस्ताव

काठमाडौँ : बिहारका मुख्यमन्त्री नीतिश कुमारले कोशीमा अग्लो बाँध बाँध्नुपर्ने आवश्यकता औँल्याएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार दिल्लीस्थित नेपाली दुतावास पुगेर भेट गरेका नीतिशले नेपाल हुँदै बग्ने नदीका कारण उत्पन्न बाढीको समस्या प्रधानमन्त्रीलाई सुनाएका थिए।

भारतीय पत्रिका दैनिक भाष्करका अनुसार नीतिशले बाढीको समस्याको स्थायी समाधान आवश्यक रहेको भन्दै कोशीमा उच्च बाँध बाँध्नुपर्ने बताएका थिए।

साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रचण्डसँग यस विषयमा छलफल गर्ने अग्रिम जानकारी नीतिशले प्रचण्डलाई दिएका थिए।
बिहारले भारतको केन्द्र सरकारलाई नेपाल हुँदै बग्ने नदीमा हरेक वर्ष आउने बाढीको समस्याका विषयमा नेपाल सरकारसँग कुराकानी गर्न माग गर्दै आएको छ।

भारतीय अनलाइन फाइनान्सियल टाइम्सका अनुसार नितिशले प्रचण्डलाई पानीको व्यवस्थापनका मुद्दा उठाएका थिए।

'यदि पानीको व्यवस्थापन गर्न सकियो भने यसले बाढीको समस्या मात्र समाधान गर्दैन कि नेपालमा जलविद्युत समेत उत्पादन हुनेछ र त्यहाँको अर्थतन्त्र समेत वृद्धि हुनेछ', भेटपछि नीतिशले भनेका छन्।

नीतिशले प्रधानमन्त्री प्रचण्डलाई सक्षम नेता भन्दै बिहार र नेपालको सिमानामा फेरी पनि मधेसी आन्दोलन नहुने अपेक्षा व्यक्त गरेको बताएको समचारमा उल्लेख छ।

नीतिशले पटना काठमाडौँ डाइरेक्ट फ्लाइटका लागि समेत प्रचण्डसँग आग्रह गरेका थिए।

मुख्यमन्त्री नितिशकुमारले प्रचण्डलाई भारतको गया, राजगिर लगायतका स्थानको भ्रमणको निम्ता दिएका छन्। प्रचण्डले पनि आफू अर्कोपटक भ्रमणमा आउँदा बिहार आउने प्रयास गर्ने बताएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell