PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

​साउदीमा अलपत्र परेका ७ नेपालीको उद्धार



पहिलोपोस्ट

काठमाडौँ : बैदेशीक रोजगारीमा साउदी अरेबिया पुगेर अलपत्र परेका ७ नेपालीको प्रहरीले उद्धार गरेको छ । पीडितहरुलाई साउदीबाट उद्धार गरि प्रहरीले बुधवार नेपाल ल्याएको हो ।

उद्धार गरिएकाहरुमा बर्दिया जमुनि सितापुरका २५ बर्षिय देवबहादुर कडेल, मुग हयागलुका ३५ बर्षिय रनबहादुर रोकाया, बाके जिल्ला नेपालगञ्जका ३३ बर्षिय मोहमद आरुन खान, २५ बर्षका निसार खान, बर्दिया शिवपुर २ का २८ बर्षिय खगेन्द्रनाथ योगी, बाके मनिकापुर ४ का २३ बर्षिय लिलबहादुर रोक्का मगर, बाके जिल्ला पुरौना ७ का २९  मोहमद सबिर खान रहेका छन् ।

उद्धार गरिएका सातै जना कर्णाली मेनपावार नेपालगञ्ज बाँके मार्फत सउदी पुगेका थिए। साउदीमा उनीहरु EL-DOSSRI FOME SAUDI काम र राम्रो तलबको अपेक्षा गर्दै पुगेका थिए।

मेनपावरले भने अनुसारको काम नदिएको र तलव माग्दा समेत  मानिस लगाएर कम्पनीले कुटाएको उनिहरुले प्रहरीको  हटलाईनमा जानकारी गराएका थिए।

प्रहरी समक्ष नेपाल फिर्ता हुन पाँउ भनि गुनासो गरेपछि प्रहरीले त्यसको १ महिनामा नै सम्वन्धीत निकायसँग समन्वय गरि स्वदेश फिर्ता गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell