PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

काभ्रेबाट हराएका १८ महिला अझै फेला परेनन्



पहिलोपोस्ट

बनेपा :  काभ्रेपलाञ्चोकबाट चालू आर्थिक वर्षको दुई महिनामा हराएका १८ जना महिला अझै फेला परेका छैनन्।
 
जिल्ला प्रहरी कार्यालय धुलिखेलले दिएको जानकारीअनुसार आव २०७३/७४ मा २३ महिला हराएकामा पाँच जना भने फेला परेका छन्। सो आवमा ६ जना बालबालिकासमेत हराएका छन्।
 
त्यस्तै, आव २०७२/७३ मा ८० महिला हराएकामा २३ जना फेला परेका छन् भने ५७ जना अझै फेला परेका छैनन्। आव २०७१/०७२ मा ७६ महिला हराएकामा ४२ जना फेला परेका छन् भने ३४ जना अझै फेला परेका छैनन्। 'लामो समयदेखि हराएका महिला फेला पार्न कठिन छ, तर हामीले खोजतलास जारी राखेका छौँ,' प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले भने। 
 
गतवर्षको भूकम्पपछि महिला हराउने क्रम बढ्न थालेको उनको भनाइ छ।  कतिपय पीडित परिवारले महिला हराएको उजुरी प्रहरीमा दर्ता गर्ने गरे पनि सम्पर्कमा आएको जानकारी नदिने समस्या रहेको पनि बास्तोलाले बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell