PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री स्वराजबीचको शिष्टाचार भेट सकियो



पहिलोपोस्ट

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री स्वराजबीचको शिष्टाचार भेट सकियो

काठमाडौं : चारदिने राजकीय भ्रमणका लागि हिजो भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच केही बेरअघि शिष्टाचार भेटवार्ता भएको छ। 

सो भेटमा दुवै मुलुकको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको थियो। भेट भारतीय राष्ट्रपति भवनमा भएको हो। 

भेटमा परराष्ट्र मन्त्री डा प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखक पनि सहभागी थिए।

आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सामूहिक र वन टु वन मिटिङको कार्यक्रम छ। भ्रमणको महत्त्वपूर्ण पक्ष विभिन्न सहमतिहरुमा हस्ताक्षर र प्रेस विज्ञप्ति दिउँसो १ बजे सामूहिक पत्रकार सम्मेलनको आयोजना गरी गरिनेछ। 

दिउँसो ४ बजे राष्ट्रपति भवनमा अर्थमन्त्री अरुण जेटली, साढे ४ बजे अर्का मन्त्री पियुष गोयलसित भेटको रहेको छ भने साँझ ६ बजे भारतीय राष्ट्रपतिलाई उनले भेट्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell