PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गयो



पहिलोपोस्ट

गुलरिया (बर्दिया) : बर्दियाको सूर्यपटुवा–४ डल्लामा जङ्गली हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ।
 
स्कुलबाट फर्कने क्रममा ढोढरी–१ पठरवोजी बस्ने युवराज थारूलाई हिजो दिउँसो जङ्गली हात्तीले आक्रमणमा गरेको थियो। उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा गएराति उनको मृत्यु भएको हो।
 
यस्तै, गए राति नै खेती कुर्न बनाइएको मचानमा जाग्राम बसेका सूर्यपटुवा–४ डल्लाका ७२ वर्षीय पुरुवा थारूलाई हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो। पिसाब फेर्न मचानबाट ओर्लिने क्रममा हात्तीको आक्रमणबाट घाइते भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचार गर्न लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
 
उनीहरुको शव परीक्षणका लागि बर्दिया ल्याइएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख रमेश थापाले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell