PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

चट्याङ लागेर एकको मृत्यु, पाँच घाइते



पहिलोपोस्ट

बाबियाचौर (म्याग्दी) : म्याग्दीको बेनी नगरपालिका–३ गौस्वाँरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

चट्याङबाट ४५ वर्षीया थलकुमारी सुवेदी (सावित्री) को मृत्यु भएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए। घाइते रुपा कार्की, मनिसरा घिमिरे र चिनु घिमिरेलाई उपचारका लागि राति नै धौलागिरि अञ्चल अस्पताल बागलुङ लगिएको स्थानीय बासिन्दा हिराबहादुर थापाले बताएका छन्।

दुई जना सामान्य घाइतेको घरमै उपचार भइरहेको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell