PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

युरोपा लिगमा पनि हार्‍यो म्यानचेष्टर युनाइटेड



पहिलोपोस्ट

युरोपा लिगमा पनि हार्‍यो म्यानचेष्टर युनाइटेड

प्रिमियर लिगको डर्बी भिडन्तमा म्यानचेष्टर सिटीसँग पराजित भएको एक साता पनि नबित्दै म्यानचेष्टर युनाइटेडलाई अर्को झड्का लागेको छ।
 
युनाइटेड युरोपा लिग अन्तर्गत समूह चरणको खेलमा नेदरल्याण्ड्सको क्लब फेयेनुर्डसँग पराजित भएको हो।
 
समूह ए को अवे खेलमा म्यानचेष्टर युनाइटेड १-० ले पराजित भयो। युनाइटेडका म्यानेजर जोसे मोउरिन्होले कप्तान वायन रुनीसहित टीममा आधाभन्दा बढी खेलाडी परिवर्तन गरेका थिए। तर त्यही परिवर्तन नै उनको लागि घातक बन्यो।
 
जोसे मोउरिन्होले क्लब सम्हालेयता म्यानचेष्टको यो लगातार दोस्रो हार हो।
 
विश्वकै महँगो खेलाडी पउल पोग्वा पहिलो ११ मा खेले पनि युनाइटेडलाई फाइदा दिलाउन सकेनन्। पहिलो हाफमा बराबरीमा रोकिएपछि मोउरिन्होले दोस्रो हाफमा ज्लाटन इब्राहिमोभिच, मेमफिस डिपाए, एस्ले योङ जस्ता खेलाडी मैदान उतारे पनि गोल गर्न सकेन। उल्टै फेयेनुर्डसले गोल गर्‍यो।
 
घरेलु मैदानमा डे कुइपमा भएको खेलमा उसलाई जित दिलाउन ७८ औं मिनेटमा टोनी भिल्हेनाले निर्णायक गोल गरे।
 
समूह ए कै अर्को खेलमा टर्कीको फेनरवाचे र युक्रेनको जोर्याले १-१ गोलको बराबरी खेलेका छन्।
 
युनाइटेड पराजित हुँदा अर्को इंगलिस क्लब साउदह्याम्पटन भने विजयी भएको छ। साउदह्याम्पटनले चेक रिपव्लिकन क्लब स्पार्टा प्रागलाई ३-० ले हरायो। उसको जितमा चार्ली अस्टिनले २ तथा जे रोड्रिग्वेजले १ गोल गरे।
 
युरोपा लिगमा इटालियन क्लबहरुको प्रदर्शन भने खराब रह्यो। एएस रोमा भिक्टोरिया प्लेजनसँग १-१ गोलको बराबरीमा रोकियो भने फियारेन्टिना पिएओके थेसालोनिकीसँग गोलरहित बराबरी खेल्यो। इन्टर मिलान भने हापोएल बिर सेभासँग २-० ले पराजित भयो।
 
स्पानिस कलब भियारियालले एफसी ज्युरिखलाई २-१ हराउँदा अर्को स्पानिस क्लब सेल्टाभिगोले स्टान्डर्ड लिगसँग १-१ गोलको बराबरी खेलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell