PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

६ फोटोमा हेर्नुस् रंगशाला सरसफाइ, खेलकुद मन्त्रीदेखि कीर्तिमानी धावक वैकुण्ठ मानन्धरसम्म

६ फोटोमा हेर्नुस् रंगशाला सरसफाइ, खेलकुद मन्त्रीदेखि कीर्तिमानी धावक वैकुण्ठ मानन्धरसम्म

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : पोष्टबहादुर बोगटीको दोस्रो स्मृति दिवसको अवसरमा अखिल क्रान्तिकारी विद्यार्थी स्वयम्सेवक एवम् अतिरिक्त क्रियाकलाप विभागले आज दशरथ रङ्गशालाको सरसफाइ गरेको छ।
 
विनाशकारी भूकम्पपछि अस्तव्यस्त बनेको रंगशाला झाडीमा परिणत हुँदै गइरहेपछि सबैको चासो बढेको थियो। सञ्चारमाध्यमले पनि रंगशालाको बेथितिबारे समाचार सम्प्रेषण गरेपछि युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले १० दिनभित्रमा सरसफाइ गरिसक्न निर्देशन दिएका थिए।
 
आजको सरसफाइमा मन्त्री श्रीपाली पनि पुगेका थिए। मन्त्रालयका कर्मचारी, खेलाडी र सम्बन्धित व्यक्तिको समेत सहभागिता थियो।
 
सरसफाइमा कीर्तिमानी धावक वैकुण्ठ मानन्धर पनि देखिए। मन्त्री श्रीपालीले रङ्गशालाको सरसफाइसँगै अन्य भौतिक संरचनाको समेत सुधार गर्ने प्रतिबद्धता जनाए।

रंगशालाको बेथिति देखेपछि पहिलोपोस्टले भदौ २४ मै यसबारे समाचार लेखेको थियो। पढ्नुस् यो पनि-
झाडीमा परिणत हुँदैछ रंगशाला, पुनर्निर्माण कहिले?

 
 


ट्रेन्डिङ पोस्ट

Ncell