
भीमदत्तनगर : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले संविधान संशोधनका विषयमा स्पष्ट धारणा आउनुपर्नेमा जोड दिएका छन्।
बुद्धिजीवी परिषद् कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको वर्तमान राष्ट्रिय राजनीति र संविधान कार्यान्वयनका चुनौती विषयक गोष्ठीमा उनले संविधान संशोधन केका लागि भन्दै स्पष्ट पार्नुपर्ने बताए।
'संविधानको कुन धाराले कुन समुदाय, कुन जाति र वर्गको अधिकार कुण्ठित गरेको छ। त्यस विषयमा स्पष्ट पारियोस्,' उनले भने।
नेकपा एमाले नेतृत्वको सरकारले लोकप्रिय बजेट ल्याएपनि बाह्य शक्तिको चलखेलका कारण सरकार ढालिएको दाबी गर्दै उनले अहिले पनि बाह्य शक्ति संविधान असफल बनाउनेतर्फ सक्रिय भएर लागेको भनाइ राखे।रासस (फाइल फोटो)