PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

चार घण्टा ढिलो सुरु भयो महिला संघको मतदान



रमेश वाग्ले

चार घण्टा ढिलो सुरु भयो महिला संघको मतदान

काठमाडौं : नेपाल महिला संघको तेस्रो महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।
 
गत बुधबार काठमाडौंमा सुरु भएको महिला संघको महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान सुरु भएको हो। बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान मध्याह्यन १२ बजे मात्र सुरु भएको छ।
 
विगतमा कांग्रेसको १३औं महाधिवेशनमा मनोनीत महाधिवेशन प्रतिनिधिहरुले मताधिकार नपाएको नजिर प्रस्तुत गर्दै मनोनीतलाई मताधिकारका नदिन निर्वाचन समितिमा उजुरी परेछि मतदान चार घण्टा ढिलो प्रस्तुत भएको हो।
 
'त्यस्तो गम्भीर विषय त थिएन तर पनि उजुरी परिसकेपछि सुनुवाइ गरौं भनेर मात्र केही बेर ढिला भएको हो,' महिला संघकी प्रवक्ता निर्मला क्षत्रीले भनिन्, ‘उजुरीकर्ताको माग विधानसम्मत नभएको भन्ने राय निर्वाचन समितिले दिएपछि मतदान प्रक्रिया अघि बढेको हो।’उनले १२ बजेबाट नै मतदान सुरु भइसकेको जानकारी दिइन्।
 
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर महिलाहरुले महाधिवेशनको नजिर प्रस्तुत गर्दै अध्यक्षबाट मनोनीत प्रतिनिधिलाई मतदानमा सहभागि नगाउन माग गर्दै उजुरी दिएको थियो। नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापतिबाट मनोनीत महाधिवेशन प्रतिनिधिहरुले मतदान गर्न पाएका थिएनन्।
 
नेपाल महिला संघको तेस्रो महाधिवेशनमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सटौलाको एलाइन्समा उमा रेग्मी अध्यक्षको उम्मेदवार बनेकी छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलको प्यालनबाट मीना पाण्डे अध्यक्षको प्रत्यासी बनेकी छन्।
 
रेग्मीको प्यालनबाट महासचिवमा धन खचिवडा र कोषाध्यक्षमा जानकी कार्की छन्। पाण्डेको प्यालनबाट महासचिवमा गोमा केसी र कोषाध्यक्षमा कुशुम थापामगर प्रतिस्पर्धामा छन्।
 
बुधबार भृकुटी मण्डपमा उद्घाटन भएको महाधिवेशनमा बिहीबार बन्दसत्र भएको थियो। बन्दसत्रले महिलासंघको संशोधित विधानलाई अनुमोदन गर्दै प्रादेशिक प्रतिनिधित्व सुनिश्चित गरेको थियो।फोटो : रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell