
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान कार्यान्वयन गर्दा समाजका सबै पक्षलाई समेट्न आग्रह गरेका छन्।
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछिको सयुक्त सम्बोधनका क्रममा मोदीले भने – मलाई विश्वास छ तपाईँको नेतृत्वमा नेपालले सफलता पूर्वक संविधान कार्यान्वयन गर्नेछ।'
समाजका सबै पक्षको अपेक्षाहरुलाइ समेटेर सहभागितामूलक छलफलबाट संविधान कार्यान्वयन हुने विश्वास मोदीको थियो।
मोदीले नेपाल र भारतका बीचमा जनस्तरमा सम्बन्ध रहेको स्मरण गरे। साथै प्रचण्ड र नेकपा माओवादी केन्द्रलाई इङ्गित गर्दै ' शान्ति उत्परेक शक्ति' भएको बताए।
मोदीले नेपाल र भारतबीच खुला सीमा रहेको तर खुल्ला सीमा दुरुपयोग हुन नदिने बताए। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको बेला हिन्दीमा संयुक्त सम्बोधनमा बोलेका मोदी अंग्रेजीमा बोलेका थिए।
उनले भारत नेपालको शान्ति स्थायित्व र समृद्धि चाहन्छ भनेका थिए। उनले यी तीन शब्द भने हिन्दीमै बोलेका थिए।
मोदीले पुर्ननिर्माणका लागि नेपाललाई दिइने लाइन अफ क्रेडिट १ सय ५० बिलियन डलर पुर्याउने समझदारी भएको उल्लेख गरे।