PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

दूधे बालिकासहित आमाले इनारमा हामफालेपछि बालिकाको घटनास्थलमै मृत्यु



पहिलोपोस्ट

लहान : दूधे बालकसहित इनारमा हामफल्दा सिरहा धनगढीमा एक बालिकाको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन्।
 
धनगढीमाई नगरपालिका– १२ विष्णुपुरका २८ वर्षीया हिरा खनालले आफ्नो एक वर्षीय छोरी दिलिसालाई बोकेर घरअगाडि रहेको इनारमा हिजो साँझ हामफालेकी थिइन्।
 
आमा हिरालाई भने प्रहरीले उद्धार गरी उपचारका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए। हिराका श्रीमान् ध्रुव खनाल वैदेशिक रोजगारीको क्रममा दुबईमा छन्।

मृतक बालिकाको शव परीक्षणका लागि लहानस्थित रामकुमार सारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ। इनारमा बच्चासहित हामफाल्नुको स्पष्ट कारण भने खुल्न सकेको छैन। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell