
काठमाडौं : भोलिदेखि उपत्यकामा चाडपर्वलाई लक्षित गरी ‘सुपथ मूल्यका बिक्री कक्ष’ सञ्चालन हुने भएको छ।
नेपाल खाद्य संस्थान, नेसनल ट्रेडिङ र साल्ट ट्रेडिङ लिमिटेडले संयुक्त रुपमा बिक्री कक्ष सञ्चालन गर्न लागिएको खाद्य संस्थानका प्रवक्ता पवनकुमार कार्कीले बताए।
भोलिदेखि सुरु हुने बिक्री कक्ष छठ पर्व (कात्तिक २१ गते) सम्म सञ्चालन हुने छ।
ती कक्षमा खाद्य संस्थानका चामल १२ हजार ६ सय क्विन्टल, गहुँ ५ सय क्विन्टल, सिमी २ सय क्विन्टल र फापर २ सय क्विन्टल बिक्रीका लागि राखिनेछ। प्रत्येक सामानमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइने प्रवक्ता कार्कीले बताए।
बिक्री कक्ष कहाँकहाँ?
- थापाथली
- सिंहदरबार
- रामशाहपथ
- बल्खु
- टेकु
- कोटेश्वर
- नारायणथान
- जोरपाटी
- भक्तपुर
- जावलाखेल
- नख्खु