PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

नयाँ शक्ति सम्बद्ध राष्ट्रिय युवा अभियानको प्रथम महाधिवेशन फागुनमा निश्चित



पहिलोपोस्ट

काठमाडौं : नयाँ शक्ति पार्टी नेपालको भ्रातृ संगठन राष्ट्रिय युवा अभियानले आफ्नो प्रथम महाधिवेशन आगामी फागुनमा गर्ने घोषणा गरेको छ।
 
अभियानको भदौ २७ र २८ गते बसेको बैठकले ६ बुँदे निर्णय पारित गर्दै प्रथम सम्मेलन आगामी फागुन १९, २० र २१ गते सम्पन्न गर्ने जनाएको छ।
 
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक कमल शाहीले देशव्यापी ३० हजार सदस्यता वितरण गर्ने, असोज १ गते देखि १५ गते सम्ममा प्रथम अधिवेशन आयोजक समितिको बैठक सम्पन्न गर्ने बताए। जिल्ला नगर, गाउँपालिका, प्रारम्भिक समितिहरूको अधिवेशन कात्तिक १ देखि कात्तिक मसान्तसम्म सम्पन्न गर्ने लगायतका निर्णय पारित गरेको उनले जानकारी दिए।

'विकास, समृद्धि र सुशासनको लागि राष्ट्रिय युवा अभियानलाई वैकल्पिक राजनीतिक पार्टीको भ्रातृ संगठन बनाउने हाम्रो चाहना हो,' उनले भने, 'यसमा जनताको सद्भाव रहने विश्वास पनि लिएका छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell