PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

'फिफा वर्ल्ड प्लेअर अफ दि इअर' र 'बालोन डे अर अवार्ड' अब छुट्टाछुट्टै दिइने



पहिलोपोस्ट

'फिफा वर्ल्ड प्लेअर अफ दि इअर' र 'बालोन डे अर अवार्ड' अब छुट्टाछुट्टै दिइने

सन् २०१० देखि संयुक्त रुपमा प्रदान गरिँदै आएको फिफा बालोन डे अर अवार्ड अब पुन: छुट्टाछुट्टै प्रदान गरिने भएको छ।
 
फुटबलको सर्वोच्च निकाय फिफा र फ्रान्स फुटबलको सम्झौता समाप्त भएसँगै अब यी दुई अवार्ड छुट्टै घोषणा हुने भएको हो।
 
सन् २०१० देखि संयुक्त रुपमा प्रदान गर्न थालिएको फिफा बालोन डे अर अवार्ड लियोनल मेसीले ४ पटक तथा क्रिस्टियानो रोनाल्डोले २ पटक जितेका छन्। त्यसअघि भने फ्रान्स फुटबल र फिफाले छुट्टाछुट्टै अवार्ड प्रदान गर्ने गर्थ्यो।
 
फ्रान्स फुटबलले सन् १९५६ देखि २००९ सम्म बालोन डे अरको नाममा अवार्ड प्रदान गर्दै आएको थियो। उक्त अवार्ड भने मेसी र रोनाल्डोले समान १/१ पटक पाएका थिए।
 
फ्रान्सका मिचेल प्लाटिनी, नेदरल्याण्ड्सका योहान क्रफ र मार्को भान बास्टेनले समान ३/३ पटक बालोन डे अर अवार्ड जितेका छन्।
 
यता फिपाले भने सन् १९९१ देखि मात्र फिफा वर्ल्ड प्लेअर अफ दि अवार्ड प्रदान गर्न सुरु गरेको हो। यो अवार्ड पनि मेसी र रोनाल्डोले समान १/१ पटक जितेका छन्।
 
ब्राजिलियन रोनाल्डो र फ्रान्सका जिनेदिन जिदानले फिफा वर्ल्ड प्लेअर अफ दि अवार्ड सर्वाधिक ३/३ पटक जितेका छन् भने ब्राजिलकै रोनाल्डिन्होले २ पटक उक्त अवार्ड जितेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell